नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु
- पुस ११, २०८०
- 0
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु हुनेछ ।
शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले बताए ।
उनका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल गरिने छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची समेत रहेको भुसालले बताए ।
विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







