टीआरसी विधेयक अघि बढाउन शीर्ष नेताहरूबीच सहमति

news-details

संक्रमणकालिन न्यायसम्बन्धी (टीआरसी) विधेयकलाई अघि बढाउने शीर्ष नेताहरुबीच सहमति जुटेको छ।

प्रमुख दलका शीर्ष नेताहरुबीच आज बालुवाटारमा भएको बैठकमा उक्त सहमति भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा विधेयकका विषयमा छलफल गर्दै शीर्ष नेताहरुले आउँदो अधिवेशमा विधेयक लैजाने सहमति गरेका हुन्।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी थिए ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत वर्षको फागुन २५ मा प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया