जसपाको कार्यकारिणी समिति बैठक मंगलबार बस्ने
- पुस ९, २०८०
- 0
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक मंगलबार बस्दैछ । बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बस्नेछ ।
अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनमा पार्टीको अवस्था के हुने ? भन्ने लगायत विषयहरूमा टुंगो लगाउने बताए । ‘अध्यक्षज्यू, निरन्तर काठमाडौंबाहिर हुनुभयो । नियमित छलफलसमेत हुन पाएको छैन,’ उनले भने, ‘यो बैठकमा समसामयिक राजनीतिक विषयहरूमै छलफल हुन्छ, र राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा टुंगो लगाउँछौँ ।’
आगामी फागुनमा पदावधि सकिने २० सदस्यमध्ये जसपाका एक सांसद छन् । त्यो सहित जसपाले गठबन्धनमा ४ सिटमा दाबी गर्दै आएको छ । तर गठबन्धनमा सिट बाँडफाँडको विषयमा अझै टुंगिएको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







