नवलपुरको जंगलमा सासू बुहारी मृत फेला
- पुस ९, २०८०
- 0
नवलपुरको जंगलमा घाँस काट्न गएका सासू बुहारी मृत फेला परेका छन् ।
नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल र बुहारी २८ वर्षीया विष्णु पौडेल आइतबार राति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सासू बुहारी आइतबार बिहान ११ बजे घाँस काट्न घर नजिकैको जंगलमा गएका थिए ।
साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा आइतबार राति दुवै जनाको शव खहरे ढिक जंगलमा मृत फेला परेको नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए । दुवैको बायाँ कम्परा र कम्परा पछाडि चोट देखिएको छ ।
कम्परमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने डिएसपी पौडेलले बताए ।
दुवै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु










