कांग्रेसको पहिलो मधेश सम्मेलनः बन्दसत्र सुरू
- पुस ६, २०८०
- 0
नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनअन्तर्गत शुक्रबार बन्दसत्र हुँदैछ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको छ ।
बन्दसत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक प्रस्ताव पेश गर्दैछन् भने कोषाध्यक्ष प्रदिप यादवले आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।
सम्मेलन ती प्रतिवेदनहरूमाथि छलफल गर्दै शुक्रबारै सम्पन्न हुनेछ ।
सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट ८२५ प्रतिनिधि सहभागी रहेको सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।
बिहीबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







