माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- पुस ५, २०८०
- 0
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्न लागेको हो । बैठकका लागि नेताहरू बालुवाटार पुग्दैछन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । यसअघि बुधबारै त्यसबारे छलफल हुने भनिएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको थियो ।
दाहालको सचिवालयले भने यो आधिकारिक बैठक नभई दाहालले पार्टीभित्र अनौपचारिक छलफलका लागि बैठक राखेका हुन् । बुधबार पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







