यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला
- पुस ४, २०८०
- 0
यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । आज बिहान ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबियाको शौचालयमा शिशु मृत फेला मृत भेटिएको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले नवजात शिशु मृत फेला परेको बताए ।
विमानस्थल सुरक्षा स्रोतकाअनुसार आमाको उपचार काठमाडौं मेडिकल कलेज सिनामंगलमा भइरहेको छ । ती महिला करिब १५ मिनेट विमानको शौचालयमा थिइन् । नवजात शिशु फेला परेपछि सोधखोज गर्ने क्रममा आमा अस्पतालमा रहेको जानकारी आएको हो । थप विवरण आउन बाँकी छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







