सर्वोच्चमा अदालतमा ६ न्यायाधीश नियुक्त
- पुस ४, २०८०
- 0
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले, न्यायपरिषदको सिफारिसमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
शीतलनिवासबाट प्रकाशित विज्ञप्तिमा संविधानको धारा १ सय २९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको उल्लेख छ ।
बुधबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।
न्यायपरिषद्को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







