माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै
- पुस ४, २०८०
- 0
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।
‘उपलब्ध पदाधिकारीहरुबीच हिजो पनि छलफल भएको हो । आज पनि हुन्छ । खासमा यो नियमित भेटघाटमात्रै हो । यसले आधिकारिक निर्णय गर्ने भन्ने पनि होइन,’ माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सुर्य किरणले भने ।
नेताहरूका अनुसार मंगलबार विहान ८ बजेकालागि बैठक तय भएपनि प्रधानमन्त्रीको समय नमिलेपछि दिउँसो ३ बजेकालागि सारेर बैठक बसेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







