नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- पुस ३, २०८०
- 0
नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । राष्ट्रिय सभा सदस्यको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले पदाधिकारी बैठक बोलाएका हुन् । अध्यक्ष दाहाल प्रधानमन्त्री बनेको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ ।
बैठकमा सरकार र गठबन्धनका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीले सन्चालन गरेको अभियानको समीक्षा, राष्ट्रियसभा निर्वाचन, केन्द्रिय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुनेछ । सत्ता गठबन्धन दलले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझेदारी गरेरै उम्मेदवारी दिने निर्णय गरेका छन् । तर कुन दलले कति सिट पाउने भन्ने यकिन भइसकेको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







