विवाहपञ्चमी महोत्सव : मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह
- मंसिर ३०, २०८०
- 0
जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत शनिबार (आज) मटकोर विधि सम्पन्न भएको छ ।
जानकी मन्दिरबाट बाजागाजासहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरेका छन् ।
मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन छ । चलनअनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको हो ।
मटकोरमा नेपाल प्रहरी, सेना, मधेश प्रदेश सांसद, संघीय सांसद जुली महासेठ, साधुसन्त, श्रद्धालु भक्तजनलगातको उल्लेख्य उपस्थिति थियो ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ ।
छैंटौं दिन (भोलि) स्वयंवर हुनेछ भने राति वैवाहिक कार्यक्रम र अन्तिम दिन सोमबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







