रिहा भए पूर्वगृहमन्त्री बालकृष्ण खाण
- मंसिर २९, २०८०
- 0
पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालत र सम्पत्ति शुद्धीकरण विभागपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पुर्याइएका खाणलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो । खाण छुटिसकेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणलाई उच्च अदालत पाटनले बिहीबार ३० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको रकम बुझाएका खाणलाई त्यसपछि सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार पुर्याइएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







