संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डेय
- मंसिर २७, २०८०
- 0
सभामुख देवप्रसाद घिमिरेले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।
प्रशासनिक नेतृत्व नहुँदा संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कामहरुमा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले घिमिरेले र्पाण्डेयलाई कार्यवाहक महासचिव तोकेका हुन् ।
‘प्रतिनिधि सभा नियमावली’ २०७९ को नियम २ को खण्ड (ढ) तथा “राष्ट्रिय सभा नियमावली २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा मिति मंसिर २७ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको सेवा सुविधा पाउने गरी संघीय संसदको महासचिवको काम गर्न तपाईंलाई तोकेको छु ।’ पत्रमा भनिएको छ ।
सोमवार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो । तर उनको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरिसकेका भने छैनन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







