एमालेको संकल्प यात्रा आज भोजपुर पुग्दै

news-details

नेकपा एमालेको संवृद्धिका लागि संकल्प यात्रा बुधबार भोजपुर पुग्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आज खोटाङको दिक्तेलबाट भोजपुर पुग्ने जनाइएको छ ।

संकल्प यात्राको टोलीले आज भोजपुरमा स्थानीय नेता–कार्यकर्तासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

टोली बुधबार भोजपुरमै बस्ने कार्यक्रम रहेको छ भने बिहीबार धनकुटा प्रस्थान गर्नेछ । टोली धनकुटाबाट तेह्रथुम हुँदै पाँचथर पुग्ने जनाइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया