संघीय संसद्को महासचिव गौतमले दिए राजीनामा, नयाँ महासचिवमा पाण्डेयको नाम सिफारिस
- मंसिर २५, २०८०
- 0
संघीय संसद्को महासचिव डाक्टर भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ। ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए।
गौतमको राजीनामा पछि महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ। उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ।
पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







