रास्वपा संसदीय दलको बैठक बस्दै

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज बस्दैछ।

बैठक अपरान्ह ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। परियारका अनुसार बैठकमा संसदीय दलको विधान, समितिमा रहेका विधेयक र संसदको आगामी अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुने विषयमा छलफल हुनेछ।

संसदीय समितिमा छलफलका क्रममा रहेका संक्रमणकालीन न्यायसम्बन्धी र विद्यालय शिक्षा विधेयकबारे गहन छलफल गर्ने रास्वपाको तयारी छ।

पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने विदेशमा रहेकाले आजको बैठक कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने प्रमुख सचेतक परियारले जानकारी दिए।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया