विपिन जोशीको परिवारलाई भेटेर प्रधानमन्त्रीले भने- ‘सकुशल रिहाइका लागि कूटनीतिक प्रयास जारी छ’
- मंसिर २२, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा विद्रोही समूह हमासको कब्जामा रहेका नेपाली विपिन जोशीको परिवारसँग भेटेका छन् ।
भेटका क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि पहल भइरहेको बताएका छन् ।
शुक्रबार सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि धनगढी पुगेका उनले बिहान धनगढी विमानस्थलमा जोशीका परिवारलाई भेटेका हुन् ।
त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा विपिनको छिटो उद्धार गरिदिन परिवारले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







