मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते
- मंसिर १८, २०८०
- 0
झापाको मेचीनगर नगरपालिका–१३ मा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार राति भएको उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् ।
मेचीनगर–१३ फुलवासा पुलमा प्रदेश १–०१–०१६ प ७६४९ र प्रदेश १–०३–००१ प २६५३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएका थिए ।
दुर्घटनापछि मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए । बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा झापा गाउँपालिका ३ का २० वर्षीय मनिष बास्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २० वर्षीय सौरभ बास्कोटाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते २४ वर्षीय सुमन पौडेलको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







