कर्णाली जाँदै एमालेको ‘समृद्धिका लागि संकल्प’ पदयात्रा

news-details

नेकपा एमालेले यही मंसिर १४ गतेबाट सञ्चालन गरिरहेको ‘समृद्धिका लागि संकल्प’ पदयात्राको चौथो दिन आज सुदूरपश्चिम प्रदेशको यात्रा सकेर कर्णाली प्रवेश गर्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै जनताकाका समस्या सुन्न हिँडेको टोली शनिबनार राति अछामको मंगलसेनमा बास बसेको छ ।

झुलाघाट –चिवाभञ्ज्याङ सम्मको यात्राको चौथोदिन दिनसम्म एमालेले सुदूरपश्चिम प्रदेशको ३०५ किलोमीटर यात्रा पूरा गरेको छ ।

यात्रा आज कर्णाली प्रदेशको दैलेख प्रवेश गर्दैछ । बिहान मंगलसेनाबाट अघि बढेको टोली कर्णाली प्रदेशको दैलेख पुगेर बिहानको खाना खाने योजना रहेको बताइएको छ ।

त्यसपछि दैलेख बजारमा आयोजना हुने आमसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेको सचिवालयले जनाएको छ ।

जलस्रोतको भण्डार, जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ ।

मध्यपहाडी लोकमार्गका परिकल्पनाकार आफ्नै पार्टी भएको तथा लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने भएकाले राजनीतिक दृष्टिले पनि सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिनेगरी सो कार्यक्रम गर्ने एमालेले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया