राष्ट्रियसभा सदस्य निर्वाचन : मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समयावधी तोकियो

news-details

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।

आयोगको स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको हो ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको हो ।

आयोगका अनुसार १ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने छ भने १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ ।

त्यस्तै २० गतदेखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया