व्यवसायी मञ्चद्धारा भुकम्प पिडितलाई ५ लाख बराबरको राहत सामग्री सहयोग

news-details

नेकपा एमाले निकट संस्था प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले जाजरकोटका भुकम्प पिडितहरुलाई ५ लाख बराबरको राहत सामग्री वितरण गरेको छ ।

मञ्चका अध्यक्ष जनक रावलको संयोजकत्वमा उपमहासचिव दिलिप भट्टराई र कोषाध्यक्ष शिवहरी मैनालीसहितको टोलीले जाजरकोट जिल्लाको कुशे गाँउपालिका वडा नं २, ८ र ९ का भुकम्प पिडितहरुलाई सोही स्थानमा गई २ सय थान न्यानो ब्लाङकेट वितरण गरेका हुन् ।भुकम्पले तहसनहस पारेर पीडामा परेका मानिसहरुका लागि केही भएपनि राहत मिलोस् भन्नका लागि मञ्चका सम्पुर्ण पदाधिकारीहरुको सहयोगमा राहत वितरण गरेको अध्यक्ष रावलले जानकारी दिए ।

चिसोका कारण दिनानुदिन मानिसहरुको मृत्युको खबर सुन्दा आफूलाई पनि एकदमै नराम्रो लागेको बताउँदै उनले त्यस्ता खबर आगामी दिनमा सुन्न नपरोस् भन्नका लागि राहतस्वरुप न्यानो ब्लाङ्केट वितरण गरेको बताए ।

विपतको समयमा सबै क्षेत्रबाट सानोतिनो भएपनि राहत संकलन गरि पिडित परिवार सम्म पु¥याउनु सबैको कर्तव्य भएको बताउँदै अध्यक्ष रावलले आगामी दिनहरुमा समेत मञ्चले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

स्थानीय सरकारको समन्वयमा मञ्चले गरेको सहयोगले भुकम्प पिडितहरुलाई ठूलो राहत पुगेको भन्दै नेकपा एमालेका केन्द्रिय सदस्य निरज आचार्यले मञ्चप्रति आभार प्रकट गरे ।

राहत वितरण कार्यक्रममा नेकपा एमालेका सदस्य निरज आचार्य, कर्णाली प्रदेशका पूर्व सांसद करविर शाही साथै कर्णाली प्रदेश र जाजरकोट जिल्लाका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया