राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

news-details

सरकारले माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुनमा रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसअघि निर्वाचन आयोगले पनि माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

फागुन २० गते देखि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सदस्य पद रिक्त हुँदैछ।

रिक्त हुनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया