कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै
- मंसिर १३, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै छन् ।
यूएईको दुबईमा भोलिदेखि सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन उनी आज राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आयोजक यूएईले अध्यक्षता गर्ने यो सम्मेलन तेह्र दिनसम्म चल्ने छ ।
कोप–२८ मा सहभागितासँगै अति कमविकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षताको प्रतिनिधित्व गरी जलवायु परिवर्तनले नेपालजस्ता अति कमविकसित देशहरुमा पारेको असरलाई उल्लेख गर्दै जलवायु न्याय र क्षतिपूर्तिका लागि सशक्त रुपमा आवाज उठाउने तयारी गरेको छ ।
कोप २८ मा नेपालमा जलवायु परिवर्तनबाट परेको असर र त्यसको प्रभावको दृष्टान्त सम्मेलनमा देखाउने तयारी नेपालले गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







