एमाले अध्यक्ष ओली बैतडी जाँदै
- मंसिर १२, २०८०
- 0
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्य पहाडी लोकमार्ग पदयात्राको उद्धाटन गर्न आज कैलाली जाने भएका छन् ।
एमालेले मंसिर १४ गतेबाट मध्य पहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ । अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन् ।
उनीसँगै उपाध्यक्षहरु ईश्वर पोखरेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन् ।
एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए अनुसार, तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भैरहेको छ ।
पुष्पलाल राजमार्ग नामाकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







