क्यानाडाको राजदूतमा पौड्यालको नाम सर्वसम्मत् अनुमोदन
- मंसिर १०, २०८०
- 0
संसदीय सुनुवाइ समितिले क्यानाडाका लागि नेपाली राजदूतमा सिफारिस गरिएका भरतराज पौड्यालको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको समितिको बैठकमा पौड्यालसँग सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गर्ने निर्णय भएको समिति सदस्य जानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।
उनले भने, ‘भरतराज पौडेलको सम्बन्धमा संसदीय सुनुवाइ समितिको संयुक्त बैठक तथा कार्य सञ्चालन नियमावली २०८० तथा समितिको कार्यविधि २०८० बमोजिम गर्दा प्रस्तावित व्यक्तिको क्षमता योग्यता र अनुभव समेतको आधारमा बैठकले क्यानाडाका लागि आवासीय राजदुत एवम् क्यूवा, जमैका डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा स्थायी प्रतिनिधमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भएको छ ।’
कात्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानाडाको राजदूतमा सिफारिस गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







