ब्राउन सुगरसहित दुईजना पक्राउ
- मंसिर ८, २०८०
- 0
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सुनसरीको दुहबी नगरपालिका–५ बाट दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८ एइ नम्बरको भारतीय मोटरसाइकलमा गइरहेका दुईजनाबाट ब्राउन सुगर बरामद गरेको हो ।
शंकास्पद अवस्थामा गइरहेको अवस्थामा जाँच गर्दा मोटरसाइकल चालक भारतको जोगबनीका २७ वर्षीय सोनुकुमार चौधरीले लगाएको हेलमेटभित्र लुकाएको अवस्थामा ७० ग्राम ५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चौधरी र मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक बलबीर रामलाई पक्राउ गरेको हो ।
उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







