दुर्गा प्रसाईं समूहको कार्यक्रम गर्न बल्खु क्षेत्र तोकियो
- मंसिर ५, २०८०
- 0
दुर्गा प्रसाईं समूहले यही मंसिर ७ गते गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय बल्खु क्षेत्र तोकिदिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको जानकारी दिए ।
यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो ।
यसअघि प्रसाईं समूहले माइतीघरमा प्रदर्शन गर्ने निर्णय गरेकोमा सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरेपछि स्थान परिवर्तन गर्दै बल्खु चोकमा गर्नें निर्णय भएको हो ।
सोही दिन नेकपा एमाले निकट युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्दैछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







