भूकम्प प्रभावितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा
- मंसिर ४, २०८०
- 0
भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको ‘भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०’ अनुसार यसरी रकम निकासा गरिएको हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







