कार्य सम्पादनलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले पूर्वमुख्यसचिवको नेतृत्वमा बनायो अध्ययन समिति
- मंसिर ४, २०८०
- 0
गृह मन्त्रालयले अन्तरगतका निकायको कार्य सम्पादनलाई प्रभावकारी बनाउने योजना तयार पार्न समिति गठन गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् ।
अध्ययन समितिको सदस्यमा पूर्व सचिव शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्रा. डा. खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन् ।
अध्ययन समितिको सदस्य सचिव मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेका छन् ।
मन्त्रालयले विभिन्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







