विपिन जोशी गाजामा सुरक्षित रहेको पुष्टि
- मंसिर ४, २०८०
- 0
इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ ।
परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो ।
सचिवालय स्रोतले भन्यो ‘उनी सुरक्षित रहेको पुष्टि भएको छ । अब सुरक्षित रुपमा घर फर्काउने प्रयास भइरहेको छ ।’
हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।
केहीदिन अघि मात्रै विपिनको परिवारले, उनको खोजी र सकुसल उद्दारका लागि पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







