चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुई गैँडा
- मंसिर १, २०८०
- 0
चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मारिएका छन् ।
निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर तस्करले गैँडा मारेको जनाइएको छ ।
अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका हुन् ।
छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको बताइएको छ ।
सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । बिहीबार साँझमात्र घटनाको जानकारी पाएपछि अनुसन्धान थालिएको जनाइएको छ ।
निकुञ्जमा यस वर्ष चोरी शिकारीबाट गैँडा मरेको यो पहिलोपटक हो । गतवर्ष प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका थिए भने तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







