टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्दै छ : गगन थापा
- कार्तिक २७, २०८०
- 0
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले सरकारको टिकटक बन्द गर्ने निर्णयले अभिव्यक्ति तथा व्यैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै सरकारले यो कदमलाई किन्तु परन्तु नगरी सच्याउनु पर्ने बताए ।
उनले भने, ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर यसको नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्याउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







