धादिङको खरी केन्द्रबिन्दु बनाएर भूकम्प

news-details

धादिङमा भूकम्प गएको छ ।

गए राति ११ः२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रबिन्दु बनाएर ३।५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

हल्का धक्का भएकाले भूकम्पबाट क्षति नभएको स्थानीय जनप्रतिनिधिहरूले जानकारी दिएका छन् । धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया