प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने
- कार्तिक २३, २०८०
- 0
सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको तलब बराबरको रकम भूकम्प पीडितलाई दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पप्रभावित क्षेत्रमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री र सबै मन्त्रीहरुले भूकम्प पीडितहरुको लागि एक महिनाको पारिश्रमिक दिने भन्ने पहिलो निर्णय भएको छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







