भुकम्प पिडितलाई सहयोग गरिदिन व्यापारीहरुलाई राष्ट्रिय व्यापार संघको आग्रह
- कार्तिक २२, २०८०
- 0
गत कार्तिक १७ गते रूकुम पश्चिम र जाजरकोटमा गएको विनासकारि भुकम्पमा परि घरपरिवार विहिन भएका परिवारहरूका लागि राहत जुटाउन राष्ट्रिय व्यापार सङ्घले अभियान सुरू गरेको छ ।
न्युरोड क्षेत्रमा व्यापार गर्ने व्यवसायीहरूलाई मध्यनजर गर्दै संघले आफुसङ भएको लत्ताकपडा वा नगद जिन्सी जे सकिन्छ त्यही सहयोग गर्न व्यापारिहरूलाई आग्रह गरेको छ ।
सबैको सानोतिनो सहयोगले भुकम्प पिडितलाई ठूलो राहत मिल्ने र भुकम्पमा परि घरवारविहीन भएकाहरुका लागि सहयोग गर्ने सबैको कर्तव्य पनि भएको बताउँदै संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले सम्पुर्ण व्यापारी व्यवसायीहरुलाई आफूले सकेको सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।
साथै काठमाडौंको न्युरोडस्थित फसिकेव इनार (सायमी भवन अगाडी), वटु भद्रकाली चोक, प्युखा चोकमा गई राहत संकलन गरि र राष्ट्रिय व्यापार संघको कार्यलयमा सम्पर्क गरि सहयोग गर्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गत कात्तिक १७ गते राती ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्र भएको आएको ६.४ रेक्टर स्केलको भूकम्पले १५३ जनाको ज्यान गएको थियो भने सयौं घाइते छन् । यसैगरी सयौं घरहरु भत्किएर मानिसहरु घरबारबिहिन भएका छन्।
संघले भूकम्पमा परी निधन भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरेको छ भने घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै भूकम्पका घाइतेहरुलाई उपचारमा कुनै कमी हुन नदिन,घरबार बिहिनहरुलाई तत्काल घरबासको व्यवस्था गर्न संघले सरकारको ध्यानाकार्षण समेत गराएको छ ।










