राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै
- कार्तिक २१, २०८०
- 0
राष्ट्रपति रामचन्द्र पौडेल आज मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिम जाँदैछन् ।
भूकम्प प्रभावित नागरिकको अवस्था बुझ्न उनी त्यस क्षेत्रमा जान लागेका हुन् ।
राष्ट्रपति बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेल आफ्नो युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन् । यही कात्तिक २२ देखि मंसिर १ गतेसम्म उनको युरोप भ्रमण तय भएको थियो ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







