वायु सेवा सुधार प्रतिवेदन कार्यान्वयनका लागि समिति गठन
- कार्तिक २०, २०८०
- 0
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले, वायु सेवा सुधार प्रतिवेदन कार्यन्वयनका लागि सुझाव समिति गठन गरेको छ ।
वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यन्वयन सुझाव समिति गठन गरिएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।
दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यन्वयनका लागि निगमका पूर्व महाप्रवन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो ।
समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई, वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रलयबाट प्रतिनिधित्व गर्ने सह सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरि समिति बनेको हो ।
पूर्वगर्भनर क्षेत्री संयोजक रहेको समितिले ५ महिना लगाएर वायुसेवा निगम सुधारका लागि व्यवशायीक र संरचनागत सुधारका लागि प्रतिवेदन तयार पारेको थियो । उक्त सुझाव कार्यन्वयनका लागि समिति तयार पारिएको मन्त्रलयले जनाउको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







