संखुवासभाका लाक्पा शेर्पाले गरे धौलागिरीस्थित पुथा हिमालको सफल आरोहण
- कार्तिक १९, २०८०
- 0
प्रख्यात हिमाल आरोहि लाक्पा शेर्पाले अर्को एउटा हिमालको सफल आरोहण गरेका छन् । शेर्पाले धौलागिरी हिमशृखलाको एक हिस्साको रुपमा रहेको पुथा हिमालको सफल आरोहण गरेका हुन् ।
आरोहणका लागि कठिन मानिएको ७ हजार २ सय ६० मिटर अग्लो हिमाल धौलागिरी हिमशृखलाको पश्चिमी क्षेत्रमा अवस्थित छ । यो पहिलो पटक सन १९५४ मा जेओएम रोबर्ट्स र आङ न्यामा शेर्पाले आरोहण गरेका थिए । उनीसंगै जर्मन टोलीले पनि पुथा हिमालको सफल आरोहण गरेकाछन् ।
संखुवासभाको मकालु हिमाल आरोहणका लागि समेत प्रख्यात मानिएका शेर्पाले यस अघि मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरी सकेका छन् । संखुवासभाको मकालु गाउँपालिकाका युवा पर्वतारोही शेर्पाले हिमाल आरोहणमा छुट्टै पहिचान बनाएका छन् । यो हिमचूलीको आरोहणसंगै शेर्पा अन्य हिमालको आरोहणको तयारी पनि गरेका छन् ।
बिग्रदो मौसमका बाबजुद पनि शेर्पा र जर्मन टोलीले उक्त हिमाल आरोहण गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







