भूकम्पबाट घाइतेको उद्दार र उपचार नै सरकारको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री खड्का
- कार्तिक १८, २०८०
- 0
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले, राज्यको सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत तथा उद्दारमा केन्द्रित गरिएको बताएका छन् ।
शनिबार भूकम्प प्रभावितको उद्दारका लागि प्रभावित क्षेत्र जानुअघि सुर्खेत विमानस्थलमा खड्काले, राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी भूकम्पका घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उद्दार तथा औषधोपचार गर्नु नै पहिलो प्राथमिकता भएको बताए ।
दिनभरी घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिने उनको भनाई छ ।
उनले भने, ‘पीडितको उद्दारका लागि सक्रियतापूर्वक लागेका छाँै । जतिपनि हामीसँग साधन छन् सबै परिचालन गरेका छौं । हामी पाँचवटा हेलिकप्टर प्रयोग गरेर पहिला आज दिनभरी दुर्घटना भएको ठाउँबाट बिरामीहरुलाई स्वास्थ्य संस्था पुर्याउने काम गछौं । त्यसपछि मात्रै गर्नुपर्ने प्रारम्भिक उद्दार र राहतको कार्य सुरु गर्नेगरी संयोजन गरेर काम अगाडि बडाएका छौं ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







