कोशी प्रदेशमा मन्त्रीपरिषद विस्तार, माओवादी र एकीकृत समाजवादीबाट थपिए दुई मन्त्री
- कार्तिक १७, २०८०
- 0
कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद्मा दुईजना मन्त्री थपिएका छन् । माओवादीका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्रिपरिषदमा थपिएका हुन् ।
दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले यसअघि मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री कार्कीसहित अब कोशी प्रदेश सरकार पाँच सदस्यीय बनेको छ ।
पुराना र नयाँ थपिएका सबै मन्त्रीहरु हाल बिना विभागीय छन् । गठबन्दधन दलहरुबीच छलफल भएपछि उनीहरुलाई जिम्मेवारी दिइने भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







