मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुईजना पाइलटको लाइसेन्स निलम्बित
- कार्तिक १७, २०८०
- 0
रामेछापस्थित मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुईजना पाइलटको लाइसेन्स निलम्बित गरिएको छ ।
आज बिहान तारा एयरका दुई पाइलट क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच एप्रोनमै कुटाकुट भएको थियो । तत्कालका लागि उनीहरूलाई ग्राउण्डेड गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जानकारी दिएको छ ।
उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका उनीहरूबीच कुटाकुट भएको थियो । झगडाको कारण खुल्न सकेको छैन । उनीहरूको व्यक्तिगत विषयमा झगडा भएको हुन सक्ने प्राधिकरणले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







