यस्तो छ आजको मौसम

news-details

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया