संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज सगरमाथा क्षेत्र जाँदै

news-details

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्दै छन ।

हिजो राजनीतिक भेटघाटमा व्यस्त रहेका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गर्न लागेका हुन ।

जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उनी सोलुखुम्बुको स्याङ्बोचे जाँदै छन । त्यहाँ उनले स्थानीय बासिन्दासँग पनि छलफल गर्ने कार्यक्रम छ ।

सोलुखुम्बुबाट काठमाडौं फर्केर गुटेरेस ललितपुरस्थित यू।एन हाउसको कार्यक्रममा सहभागी हुनेछन । उनी आजै पोखरा पुग्ने र त्यही बस्ने कार्यक्रम छ ।

भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकन गरेर फर्केपछि पोखराको पुरानो विमानस्थलमा उनले पत्रकार सम्मेलन गर्नेछन । त्यसपछि गुटेरेस गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन ।

लुम्बिनीबाट काठमाडौं फर्केर भोलि दिउसो चार बजे उनले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नेछन । त्यसपछि संसद् परिसरमै पत्रकार सम्मेलन आयोजना गरिनेछ ।

कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ । उनी नेपालबाट बेलायतको राजधानी लन्डन प्रस्थान गर्ने राष्ट्रसंघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया