आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- कार्तिक १२, २०८०
- 0
संघीय संसद अन्र्तगत प्रतिनिधिसभा बैठक आज बस्दै छ ।
आइतबार संघीय संसद नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
उनले “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०“ र “भन्सार विधेयक, २०८०“ लाई पेस गर्नेछन् ।
साथै सभामुखले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले संसदमा गर्ने सम्बोधन सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पठाएको कार्यभार तोकिएको सम्बन्धी पत्रहरु पढेर सुनाउने कार्यसूची रहेको छ ।
आजकै बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेसगर्ने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







