संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस नेपाल आउँदै, संघीय संसदलाई सम्बोधन गर्ने

news-details

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस चार दिने नेपाल भ्रमणका क्रममा पर्सी नेपाल आउने भएका छन् ।

गुटेरस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्नेछन् ।

त्यस्तै महासचिव गुटेरसले १४ गते संघीय संसदलाईसमेत सम्बोधन गर्ने कार्यक्रम छ ।

चारदिने नेपाल बसाइको क्रममा उनले जलवायु परिर्वतनले नेपालको हिमाली क्षेत्रमा परेको असर प्रत्यक्ष अवलोकन गर्नुका साथै लुम्बनी र पोखराको भ्रमण गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया