प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा
- कार्तिक १, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै मुस्ताङ प्रस्थान गरेका छन् ।
जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन्। उनले स्थानीय जनतासँग अन्तरक्रिया पनि गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग पनि छलफल गर्नेछन् ।
सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाको कार्यक्रममा गएका प्रचण्डको छातीमा केही असहजता महसुस भएकाले मंगलबार दिउँसो स्वास्थ्य परीक्षण गराएका थिए । ‘एन्जियोग्राफी’ परीक्षणपछि उनको स्वास्थ्य सामान्य रहेको रिपोर्ट आएसँगै आज बिहानै उनी कार्यतालिका अनुसार नै मुस्ताङ गएका सचिवालयले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







