पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ । आज देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको संभावना पनि रहेको छ ।

बुधबार राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया