दोस्रो क्याबिनेट मिटिङ सभ्य र भव्यताका साथ सम्पन्न हुन्छ : गर्भनर केसी

news-details

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट मिटिङका बारेमा जानकारी तथा निर्देशन दिनुहुँदै डिष्ट्रिक्ट गर्भनर लायन चन्द्रकुमार केसीले सभ्य र भव्य रुपमा दोस्रो क्याबिनेट मिटिङ सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

गत शनिबार काठमाडौंमा भएको डिजी तथा प्रेसिडेन्ट र क्याबिनेट मेम्बरहरुको भेलालाई सम्बोधन गर्ने क्रममा उक्त भनाई राख्नुभएको हो । लायन्सको इतिहासमा डिष्ट्रिक्ट ३२५ आइ नेपालले विश्वमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको आजको यस सुनौलो घडीमा कुनै पनि लायन मेम्बरहरुलाई अल्छी गर्ने छुट नभएको स्मरण गराउनुहुँदै सिंगो नेपाली समाजको हेराई यतिखेर डिष्ट्रिक्ट ३२५ आइ नेपालप्रति रहेको छ ।

यस डिष्ट्रिक्टसँग आबद्ध रहेका प्रत्येक लायन्स लिडरहरु समाजका पथप्रदर्शक हुन् । हामी लायनबाट समाजले धेरै कुराहरु सिक्ने अपेक्षा राखेको छ । त्यसलाई कुण्ठित गराउने छुट तपाईं लायनहरुलाई नभएको समेत गर्भनर केसीले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ ।

गत श्रावण १३ गते काठमाडौमा भएको पहिलो क्याबिनेट मिटिङले दोस्रो क्याबिनेट मिटिङ पोखरामा गर्ने निर्णयअनुसार यही आश्विन २६ र २७ गते पोखराको माटेपानीमा दोस्रो क्याबिनेट मिटिङ हुँदैछ । उक्त क्याबिनेट मिटिङलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नु प्रत्येक लायनको जिम्मेवारी भएको गर्भनर केसीले खुलासा गर्नुभएको छ ।

दोस्रो क्याबिनेट मिटिङलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि लायन्स क्लब अफ पोखरा आदर्शका संस्थापक अध्यक्ष लायन नविन भण्डारीको संयोजकत्वमा क्लबका पूर्व अध्यक्षहरु सहितको मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ११ वटा उप समितिहरुको समेत गठन गरिएको छ । जस अन्तर्गत स्मारिका प्रकाशन उप समिति संयोजक लायन गोविन्द चापागाई, मञ्च व्यवस्थापन संयोजक लायन बुद्धि बहादुर खत्री क्षेत्री, प्रचार तथा सुचना संयोजक लायन दिनेश भण्डारी, खाना, खाजा तथा अतिथि व्यवस्थापनमा लायन संजय कुमार अधिकारी, रजिष्ट्रेसन संयोजक लायन कृष्ण गुरुड, अर्थ व्यवस्थापन संयोजक लायन दिल बहादुर थापा, स्वागत सत्कार उप समिति संयोजक लायन शोभा बानियाँ, खानेपानी तथा पार्किङ व्यवस्थापनमा लायन गणेश बस्नेत, स्वास्थ्य तथा प्राथमिक सेवामा लायन रमेश थापा, सचिवालय व्यवस्थापनमा लायन मिलन केसी र किट व्याग व्यवस्थापनमा लायन भोज बहादुर केसीलाई जिम्मेवारी तोकिएको छ ।

कार्यक्रममा लायन राजन लम्साल द्दलम ख्म्न् लायन पार्वती खरेल पाण्डे , म्न् सेक्रेटरी लायन महेश पाण्डे, लायन मनबहादुर रोक्का, लायन अमृतशोभा खत्री, लायन मेनका लामालगायतले सम्बोधन गर्नु भएको थियो ।
दोस्रो क्याबिनेट मिटिङमा डिष्ट्रिक्ट ३२५ आइ नेपालसँग आबद्ध काठमाडौ, काभ्रे, पर्वत, म्याग्दी, लमजुङ, गोखा तथा पोखरा क्षेत्रका झण्डै १ हजार जना लायन सदस्यहरुको उपस्थिती रहने आयोजकको अनुमान गरेको छ । साथै कार्यक्रम व्यवस्थित रुपले संचालन गर्नका लागि लायन सदस्यहरुलाई समयमा नै रजिष्ट्रेसन गरि सहयोग गरिदिन आयोजकले अनुरोध समेत गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया