सरकारलाई सभामुखको ध्यानाकर्षण : इजरायलमा सम्पर्कविहीन खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न आग्रह
- अशोज २४, २०८०
- 0
सभामुख देवराज घिमिरेले दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा परि सम्पर्कविहीन खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार उनले एक शोक वक्तव्यमार्फत दक्षिण इजरायलको विद्रोही समूहको हिंसात्मक आक्रमणमा १० जना नेपालीको निधन भएकोमा दुःख प्रकट गर्दै उनले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोही बमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गरेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







