आजको मौसम : देशका केही भूभागमा सामान्य वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ भने, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने छ भने, राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया